काठमाडौँ  – नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए । उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप नजिक पुर्याएका हुन् ।

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए । आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए । यस्तै १२ बल खेलेका सोमपाल कामीले ७ रन बनाएर आउट भए ।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए ।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियो । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए ।

खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे । करणले ४३.४ ओभरको खेलपछी चौका र छक्का बर्साए, जुन निकै रोमान्चित रह्यो ।

तपाईको प्रतिक्रिया