Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित आई क्लवमा पेस्तोल देखाएर बबन्डर मच्चाउने नेपाल प्रहरीका सई राज कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दरबारमार्गस्थित आर्इ क्लवमा झगडा गरेको आरोपमा सई श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार बिहान २ बजेतिर सादा पोशाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको आरोप छ ।

श्रेष्ठ बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा भेटिएका थिए । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।

केही दिन अगाडि दरबारमार्गको एक होटेलमा युवतीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका थिए । सोही काण्डमा फसेका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परेका थिए ।

तपाईको प्रतिक्रिया