Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको बिदाई गरिएको छ ।

उमेर हदका कारण बस्न्यातको कार्यकाल मंगलबारदेखि समाप्त हुँदैछ । तर भोलि सार्वजनिक बिदा परेकोले उहाँलाई आज नै बिदाइ गरिएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो । संवैधानिक निकायका प्रमुखको पदावधि ६५ वर्षसम्म मात्रै रहने संवैधानिक व्यवस्थाका कारण दीप बस्न्यात सेवानिवृत हुनुभएको हो ।

सर्वोच्चले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको नियुक्ती बदर गरेपछि वस्न्यात २०७३ सालको कात्तिक ४ गते कार्यवहाक प्रमुख आयुक्त बन्नुभएको थियो । वस्न्यातको विदाइपछि अख्तियारको कार्यवाहक प्रमुख नवीन घिमिरे बन्नुहुने भएको छ ।

ज्येष्ठताका आधारमा अहिले आयुक्त नवीन घिमिरे कार्यवाहक अध्यक्ष बन्ने पक्का भएको प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया