Loading…

काठमाडौं–  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एससपी  रवीन्द्र धानुकलाई जिम्मेवारीबाट हटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा  विश्वराज पोखरेललाई ल्याएको छ ।

Loading…

पोखरेल  यसअघि महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए ।

सांसद नवराज सिलवाललाई कीर्ते काण्डमा पक्राउ गर्न नसकेको, कार्यसम्पादन कमजोर भएको, आपराधिक घटनामा बृद्धि भएको लगायतका कारण देखाउँदै उनलाई काठमाडौं प्रहरीको जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

विनाआधार सांसद तथा पूर्वडिआइजी नवराज सिलवालविरुद्द अदालतमा मुद्दा दर्ता गर्न चर्को दबाब परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविन्द्र धानुक बिदामा बसेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक आइजिपी प्रकाश अर्यालले आइतबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न आदेश दिएपछि एसएसपी धानुक आइतबारबाटै बिदा बसेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading…