Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – नेकपा एमाले प्रदेश नम्बर एकको ससदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् ।

राईले २६ भोट ल्याउँदा भीम आचार्यले २४ भोट पाए । रार्इ केपी अोली समूहका हुन् भने अाचार्य नेता माधव नेपाल समूहका नेता हुन् । संसदीय दलको नेतामा विजयी भएसँगै रार्इको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

वाम गठवन्धनबीच प्रदेश नम्बर एककाे मुख्यमन्त्री र सभामुख एमालेले लिने सहमति यसअघि नै भइसकेको छ ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ ।

तपाईको प्रतिक्रिया