काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ ।

५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ ।

बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

तपाईको प्रतिक्रिया