Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संखुवासभाकाे मकालु गाउपालिका  ३ सामटार भन्ने स्थानमा अाइतबार पिकअप भेन दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बा ५ च १३०९ काे बाेलेराे सडकबाट ८ सय मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा मकालु गाउँ पालिका प्रमुख खडग कटुवाल सहित ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ ।

संखुवासभाकाे खादवारीबाट गरूढ तर्फ जादै गरेकाे साे पिकअप मकालु गाउपालिकाकाे ३ नं वार्ड अन्तरगत सामटारमा अनियन्त्रित भइ सडकबाट ८ मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा ५ जनाकाे मृत्यु भएपनि दुर्इजनाकाे मात्रै सनाखत भएकाे जनाइएकाे छ । मकालु गाउँपालिकाका अध्यक्ष खडग कटुवाल र साेहि स्थान निवासी सुरेस रार्इ बाहेक अरू कसैकाे सनाखत हुन नसकेकाे प्रहरीले जानएकाे छ ।उक्त जिपमा जम्मा १२ यात्रुहरू रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया