Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – महानायक राजेश हमालले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने तर्क गरेका छन् ।संचारकर्मीसँगको कुराकानीमा हमालले राष्ट्रियतामा अडिग र निर्णायक नेताको रुपमा ओली स्थापित हुन सकेकाले प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका हुन् । पछिल्लो समय निर्णायक भूमिका खेल्न सफल देखिएका ओलीको नेतृत्वमा सरकार बन्न सके देश परिवर्तनको बाटोमा जाने हमालको दाबी थियो । उनले आफू ओलीको फ्यान भएको पनि बताए ।

फरक प्रसङ्गमा हमालले नेपालको परम्परा र संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपालको संस्कृति भुलेर विदेशी संस्कृतिमा अहिले पुस्ता रमाएको प्रति हमालले चिन्ता व्यक्त गर्दै स्वदेशी संस्कृति नभुल्न सुझाब दिएका छन् ।

आफू बाल्यकालदेखि नै विदेशी परिवेशमा हुर्किएको भए पनि अब आफ्नै संस्कृतिलाई अंगाल्ने उनले बताए ।

“आफू आधुनिक परिवेशमा हुर्किए पनि पुरानो पहिचान र संस्कृतिमा फर्किएको छु । दौरा सुरवाल, ढिडो, गुन्दु्रक अगाल्न थालेको छु ।” हमालले भने ।

 

तपाईको प्रतिक्रिया