Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको  आजको कन्तिपुरमा खबर छ ।

ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो।

आपूर्ति मन्त्री जयन्त चन्दले भने,

-अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढ्यो ।

-आवश्यकता भए पनि बजारमा असन्तुष्टि देखियो ।

-मूल्यमा स्थिरीकरण कोषबाट रकम झिकेर भएपनि जनतालाई केही राहत दिन खोजेका छौँ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दै गएको छ। शुक्रबार प्रतिब्यारेल ६९.२६ अमेरिकी डलरमा कारोबार भयो । मूल्य बढेर ८० डलर पुग्ने अनुमान गरिएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअन्तर्गत नेपालमा पनि मूल्य बढ्छ ।

तपाईको प्रतिक्रिया