Loading…

Loading…

सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा रिहा गर्न आदेश दिएको छ । साथै डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडी बाँकी कारबाही अघि बढाउन भनेको हो । अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने आज बुधबार बहस भएको छ ।

डा. केसीले भने-म जेल जान तयार छु तर, पराजुलीमाथि छानविन हुनुपर्छ

अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले आफूलाई न्याय दिने हो भने प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न आग्रह गरेका छन् ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहस सकिएको छ । र, आजै आदेश आउने बताइएको छ । बहसको अन्तिममा डा. केसीले आफ्नो वकिलमार्फत एक मिनेट समय मागेर बोलेका थिए ।
उनले ‘मेरो मुख हेर्नु पर्दैन, मेरो कुनै याचना पनि छैन । हिरासतमै राखे पनि राख्नुुस्’ भनेका छन् । डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता यज्ञमणि न्यौपानेले भने, ‘मेरो मायाले छाड्नु पर्दैन । जहिलेसम्म उनले राजीनामा गर्दैन वा हटाइँदैन वा उनीमाथि छानविन हुँदैन, तबसम्म अनसन बस्छु, जेलमा भएपनि अनसन बस्छु भन्नु भएको छ ।’

तपाईको प्रतिक्रिया

Loading…