Loading…

काठमाडौं – ट्रम्प प्रशासनले दुई लाख आप्रवासीलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो ।

Loading…

सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो ।

अब भने एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसीमा दिइएको छ । सो अवधिभित्र फिर्ता नभएमा पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ ।

अमेरिकाले यसअघि हैटी र निकारागुआका हजारौं मानिसहरुको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकामा आप्रवासीलाई रोक्ने घोषणा गरेका थिए ।

के हो टीपीएस ?

सन् १९९० मा सुरु गरिएको एक कार्यक्रममार्फत बिभिन्न देशका प्रवासीहरुलाई कानुनी रुपमा अमेरिकामा बस्ने र काम गर्ने अधिकार मिल्दछ । कानुनी वा गैरकानुनी रुपमा अमेरिका बस्नेहरुलाई यस कार्यक्रअन्तर्गत राखिन्छ ।

यो अधिकार त्यो देशका नागरिकलाई दिन्छ जो सशस्त्र संघर्ष, प्राकृतिक विपत्ती या महामारीबाट प्रभावित भएका हुन्छन् । अमेरिकामा एल साल्भाडोरका दुई लाख प्रवासी छन् । टीपीएस पाउने यो सबैभन्दा ठूलो समूह हो ।

राष्ट्रपति जर्ज डब्लु बुशले यो कानुन ल्याएपछि हालसम्म अमेरिकामा १० देशका तीन लाख प्रवासीलाई टीपीएस सुरक्षा दिइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…