Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ ।

फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो ।

छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ सेख छन् ।

त्यस्तैगरी, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, रसिद खान, किशोर महतो, सन्दीप लामिछाने, सुनिल धमला तथा सुशन भारी छनोट भएका छन् । रसिद र कशोर भने पहिलोपटक टोलीमा समावेश भएका हुन् ।

राष्ट्रिय टोलीका दुई खेलाडी विनोद भण्डारी र सागर पुन भने प्रारम्भिक चरणमा परेनन् ।

तपाईको प्रतिक्रिया