नेपालीहरु लाई सेक्स गर्न पनि आउदैन ,बत्ति बालेर तथा नाङ्गो भएर सेक्स गर्न चाहँदैनन् – यस्तो छ कारण

लामो समयको अनुसन्धान गरिरहेकी करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुराकानीमा आधारित यौन जानकारी तल अध्ययन गर्नुहोस् ।

मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ ।

पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको छ ।

सेक्सकै कारण समस्या आएको जोडी कति ?
९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन् वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । धेरै जोडी विवाहको ५–७ बर्ष पछि समस्या लिएर आउने गर्छन । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् ।

तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिए

तपाईको प्रतिक्रिया