Loading…

आइतबार पत्रकार सम्मेलनमा बोल्दै अाेलीले भने, ‘खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्ने ? बल हान्न लाग्यो। किप्परले समाउन नसक्ने अवस्थामा बल हान्न नपाउने भन्ने ?’ खेल चलिरहेको अवस्थामा बीचैमा नियम परिवर्तन हुन नसक्ने उनले बताए। राजनीतिक खेलका नियम र अाचारसंहिता पालना गर्न उनले सरकारलाई अाग्रह गरे ।

‘चुनाव गराएर राम्रो गर्नुभो, एक दुई नियुक्तिको लोभमा नपर्नू’

Loading…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गराएर राम्रो काम गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको बाटो खोलिदिनुपर्ने र केही नियुक्तिको लोभमा पर्न नहुने बताए। ‘ ‘हामीले सजिलै प्रधानमन्त्री छाडेका हौं। देउवाजीलाई पनि सरकार छाड्न गाह्रो नहुनु पर्ने हो’ उनले भने ‘सरकारले छिटो भन्दा छिटो समाधान दिनुपर्छ। निर्वाचन सम्पन्न गराएर राम्रो काम गर्नुभएको थियो। अब एक दुई नियुक्तिको लोभमा नफस्न आग्रह गर्छु।’ अहिलेको सरकार काम चलाउ हैसियतको भइसकेको भन्दै प्रचण्डले निर्वाचन परिणाम आइसकेकाले अब सरुवा बढुवा लगायतका काम पनि गर्न नहुने बताए।

 

तपाईको प्रतिक्रिया

Loading…