२६ मंसिर,काठमाडौ। गायिका पूजा सुनुवारले गाएको एउटा पप-आधुनिक गीत मार्फत मोडल सारिका सुनारले भर्खरै युएईमा सम्पन्न दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड जितेकीछिन् । गोरखा स्थायी घर भएकी मोडल सारिका सुनार युएई बसेर अभिनय कर्ममा लागेका कलाकारहरु मध्य सुपरिचित ब्यक्ति हुन् । चार वर्षदेखि युएईमा रोजगारीसँगै आफ्नो कलायात्रा अघि बडाएकी सारिकाले झन्डै दुई दर्जन गीतहरुमा अभिनय गरिसकेकी छिन् ।

 

विभिन्न समयमा युएईमा आयोजित हुँदै आईरहेको अधिकांश कार्यक्रमहरुमा आकर्षक नृत्य तथा प्रस्तुतीहरु दिईसकेकि सारिका मोडलिङमा भविष्य खोज्न कम्मर कसेर लागेको बताउँछिन् । गायिका पूजा सुनुवारले गाएको ‘यो मन मेरो चोरी सकेछौं…’ बोलको गीतमा अभिनय तर्फ सारिकालाई नायक मोहन बोगटीले साथ दिएका छन् । सारिकालाई अवार्ड दिलाउने उक्त गीतको छायांकार रोहित बिक्रम कार्की हुन् भने निर्देशन भने गोविन्द राईको रहेको छ । गायिका पूजाको “नजर” एल्बममा समाहित उक्त गीत डि. पि. खनालले लेखेका हुन् भने संगीत शंकर थापाले भरेका हुन् । त्यस्तै म्युजिक एरेन्ज उदयराज पौडेलको रहेको छ।दुर्गा ब. सुनुवार निर्माता रहेको उक्त गीतको म्युजिक भिडियो केही समय अगाडि मात्र सार्वजनिक भएको थियो। दुबईको रमणीय स्थानहरुमा छाँयाङ्कन गरिएको उक्त भिडियोलाई डश म्युजिकले बजारमा ल्याएको थियो।

तपाईको प्रतिक्रिया