Loading…

Loading…

पिताले जब आफ्नो १३ वर्षीया छोरीलाई बिरामी भएको भन्दै अस्पताल लगे तब उनको होसहवास उड्यो । यो घटना मलेसियाको कन्जाग सहरमा घटेको थियो।

छोरीको उपचारको लागी अस्पताल पुगेका ति पितालाई डाक्टरले उनकी छोरी ७ महिनाकी गर्भवती भएको बताएका थिए । डाक्टरको कुरा सुनेपछि उनले यो घटना कसरि भयो पत्ता लगाउन सकेनन् ।

त्यसपछि उनले अस्पतालबाट छोरीलाई घरमा लिएर गए । यो परिवारको सदस्यको नाम भने खुलाइएको छैन । जब घर लगेर किशोरीसँग सोधपुछ गरे त्यसपछि झन आश्चर्यजनक कुरा खुलासा भयो ।

किशोरीका अनुसार उनलाई गर्भवती बनाउने उनको आफ्नै १६ वर्षका दाजु थिए । दाजुले आफुलाई एक वर्ष पहिलेदेखि अहिलेसम्म १० पटक बलात्कार गरिसकेको उनले खुलासा गरेकी छिन् ।

किशोरीको दाईले आमा-बाबु घरमा नभएको बेला आफ्नो बहिनीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…