Loading…

Loading…

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख शनिबार न्यूयोर्कमा “चुम्लुङ नाईट(२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जानकारी दिएका छन् । विगत २ महिनादेखि सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका लिम्बुले चर्चित एवं लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

“शिक्षाका लागि संगीत” भन्ने नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम नेपालको पुर्वी पहाडी जिल्ला ईलामको चुलाचुली गाउँपालिका वडा नं १ मा अवस्थित चुलाचुली माध्यमिक विद्यालयको पुस्तकालय स्त्तरोन्नतीको सहयोगार्थ आयोजना गर्न लार्गिको आयोजक संस्था किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपेश लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया

Loading…