Loading…

किरण थापा मगर

Loading…

काठमाडौं – रुपन्देही क्षेत्र नं. २ मा संघिय समाजवादी पार्टी नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेद्वार बुद्धिमाया पुनले आचार संहिताको खिल्ली उडाएका छन् ।

मौन अवधि शुरु भए पछि पनि आचार संहिताको खिल्ली उडाउँदै आफ्नो फेसबुक मार्फत ‘धेरैलाई दिनु भयो पटक पटक, मलाई दिनुस् एक पटक’ भन्दै स्वस्तिक छाप लगाएको आफ्नो दलको चुनाव चिन्ह सहितको मत पत्र सार्वजनिक गर्दै आफूलाई भोट मागेकी छिन्।

प्रतिनिधि सभामा पुगेर देश र जनताको पक्षमा काम गर्छु भन्ने महत्वाकांक्षा बोकेर अगाडि आएको उम्मेदवारलाई निर्वाचन आयोगले तयार पारेको आचार संहिता बारे जानकारी नहोला भन्न सकिन्न तर पालना भएन।

निर्वाचन आयोगका अनुसार मौन अवधि शुरु भए पश्चात् निर्वाचन नभएसम्म चुनावी प्रचार- प्रसारमा संलग्न हुन पाइदैन। यदि मौन अवधिमा आचार संहिता विपरीत अवाञ्छित गतिविधि गरे वा गराएमा एक लाख रुपैयाँ सम्मको जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुन बमोजिम आवश्यक कारवाही हुने व्यवस्था रहेको छ।

अब निर्वाचन आयोगले उनलाई कस्तो कारवाही गर्छ वा गर्दैन त्यो समयले नै उजागर गर्ला।

तपाईको प्रतिक्रिया

Loading…