Loading…

खोटाङ – दिपु्रङ गाउँपालिका ७ टेम्माका बसन्त मगर मंगलबार मिरमिरे बिहानै डोकोभरी सुन्तला बोकेर सदरमुकाम दिक्तेल हिड्नुभयो ।

Loading…

आफ्नो बगैचामा लटरम्म फलेको सुन्तला बुधबारको हटियाँमा बिक्री गर्न उनी एकदिन अगाडी नै दिक्तेल हिडेका हुन् ।

प्रत्येक स्थानीयको करेसाबारीमा बढीमा १० /१५ बोट सुन्तला हुन्छ । खाएर सकिन्न बिक्री गर्न २ दिनको बाटो हिड्नैपर्छ । सुन्तला ब्यापार गर्न दिक्तेल आईपुगेका मगरले सुनाए । टेम्मा रित्तो फर्कनलाई पाँच घण्टा लाग्ने गर्दछ ।

मगरले भने, टेम्मामा शनिवार बजार लाग्ने गर्छ, भौगोलिक बिकटता, कम जनसंख्या र बजार अभावका कारण त्यस भेगका सुन्तलाहरु बिक्री गर्न दिक्तेल नै आउनुपर्ने बाध्यता रहेको छ । नत्र कुहिएर जाने गर्दछ ।

सोही, वडाका १८ बर्षिय सागर थापा मगर सुन्तला बेच्नैका लागि स्कुल छोडेर दिक्तेल आउने गर्छन । शान्ती माध्यमिक विद्धालयमा ९ कक्षामा अध्ययनरत मगर दिक्तेलमा लाग्ने बुधवार र शनिवारको हाँटमा सुन्तला बिक्री गर्न आउँदा हप्तामा ३ दिन स्कुल छुट्ने गर्छ । आर्थिक स्थिती नाजुक भएका कारण विद्धालय जानको सट्टा सुन्तला वेच्न दुई दिन हिडेर दिक्तेल आउनु परेको बताए ।

तपाईको प्रतिक्रिया

Loading…