Loading…

काठमाडौ– आयोगले भोलि हुने निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागज निकायबाट जारी भएको मतदाताको परिचय स्पष्ट खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरेको छ।

Loading…

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न व्यवस्था गरिएको छ ।

यसैगरी, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ ।

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रसमेतका आधारमा मतदान गर्न सक्ने जानकारी दिएको हो।

तपाईको प्रतिक्रिया

Loading…