Loading…

दुबई । अघिल्लो दिन दिनभर झुमेरा पार्क स्थित समुन्द्रमा सुइमिङ गरेकाले म थकित भएर ओच्छ्यानमा लडिरेहेको थिए । साथीहरु मध्ये केही सपिङ गर्न नजिकैको लुलु मार्केट तर्फ लागेका थिए त कोही नेपाली रेष्टुन्ट तर्फ मःम चाउमिन खान गएका थिए । त्यति बेला म एक्लै कोठामा थिए । दिउँसोको करिब १२ बज्नै लागेमंसिर, दुबई । अघिल्लो दिन दिनभर झुमेरा पार्क स्थित समुन्द्रमा सुइमिङ गरेकाले म थकित भएर ओच्छ्यानमा लडिरेहेको थिए । साथीहरु मध्ये केही सपिङ गर्न नजिकैको लुलु मार्केट तर्फ लागेका थिए त कोही नेपाली रेष्टुन्ट तर्फ मःम चाउमिन खान गएका थिए । त्यति बेला म एक्लै कोठामा थिए । दिउँसोको करिब १२ बज्नै लागेको थियो ।

Loading…

बाहिरवाट ढकढक ढकढक ढोकामा आवाज आयो । ‘ ढोका खुल्लै छ’– भने । ढोका खोल्दै एउटी अपरिचित युवतीले नेपालीमै सोधिन – ‘ तपाई नेपाली हो ?’ हजुर भन्न मैले नपाउँदै ढोका ढ्याप्पै बन्द गरेर बाहिरै हराईन् । हामी बस्ने घरमा प्राय सबै पुरुषहरुमाथी बस्छन् । महिलाहरु खासै देखिदैनन् ।को थियो ।

मैले सोचें । एउटा पराई मुलुकमा अकस्मात नेपाली युवती देखिनु मलाई उत्सुकता लाग्यो । कतै समस्यामा परेर नेपालीहरु खोज्दै हिडेकी त होइनन् ? यस्तै यस्तै मनमा कुराहरु खेल्न थाल्यो । ढोका खोलेर बाहिर निस्कीएँ । सबैजसो कोठाका ढोकाहरु बन्द थिए । छिमेकी कोठामा बस्ने पाकिस्तानी युवाहरु मात्रै बाहिर थिए ।

मैले बाटोतिर समेत आँखा डुलाएँ । तर ति नेपाली युवती कतै देखिएनन् । फेरी ढोका लगाएर कोठाभित्र पसें । एकैछिन पछि सपिङका लागि गएका साथीहरु कोठामा फर्कीए । मैले कोठामा नेपाली खोज्दै ढोका ढकढक्याउने युवतीको बारेमा साथीहरुलाई सुनाए । उनीहरुले खासै महत्व दिएनन् । कोही तास खेल्न बसें । कोही फेसबुकमा व्यस्त भए । म पनि तास खेल्न बसेकाहरुकै आडमा बसेर उनीहरुले नै ल्याइदिएको क्यानजुस पिउँदै तास हेर्न थालें ।

दिउँसोको ३ बज्नै लागेको थियो । कोही समुन्द्र नुहाउन जाउँ भन्दै थिए, त कोही आजमानको बसपार्क घुम्न जाउँ भन्दै थिए । युएईको सातवटा स्टेट मध्ये हामी आजमानमा बस्थ्यौं ।आजमानको बसपार्क परिसर ठूलो र खुल्ला चौर भएकाले धेरैजसो नेपालीहरु त्यो ठाउँमा भेटिन्छन् । हामी आजमानकै बसपार्क जाने निर्णय गर्यो । म कोठावाट बाहिर निस्कीएँ । पल्लोकोठाबाट एकजना झण्डै २२–२३ वर्ष उमेरकी युवती निस्कीदै थिइन् ।

कोठा बाहिर बसेका ८–१० जना युवाहरुको भीड त्यस युवती तर्फ केन्द्रीत थियो । पाकिस्तानीहरु बस्ने कोठाबाट निस्कीएकी ति युवती जानि नजानि हिन्दीमा कुरा गर्दै थिइन् । आज में थोडा बिजी हुँ, कल आँजाएगें फिर (आज म थोरै व्यस्त छु भोली आउँछ फेरी) ।

म अच्चममा परें । उनीहरुबीचको दोहोरो संवाद र ढोकाबाहिर देखिएका युवाहरुको झुण्डको बारेमा खासै बुझिन । युवती त्यहाँबाट निस्कीन् । म ति युवतीले जानि न जानि बोल्दै गरेको हिन्दी र त्यहाँ बसेका युवाहरुको भीड हेरिरहें । बाहिर ति युवतीलाई पिकअप गर्न कालो रङको कार तयारी अवस्थामा थियो । त्यति बेलासम्म बसपार्क जानका लागि सबै साथीहरु कोठाबाट बारिह निस्कीसकेका थिए ।

उनी कालो कपाल माथी सिउँरिदै बाहिरीइन् । कारमा चढेर उनी कता गइन् हामी कसैलाई पनि अतोपत्तो भएन । उनी कार चढेर हिडेलगतै पल्लो कोठामा बस्ने एकजना बंगाली आएर हामीसँगै ति युवतीको नम्बर माग्दै थिए । बल्ल थाह पाए हाम्रो कोठाको ढोका ढकढक्याउने तिनै युवती रहिछें । उनी नेपाली हुन् ।

पाकिस्तानीको कोठामा यौन प्यास मेटाउन आएकी रहिछन् पाकिस्तानीको कोठा भनेर झुक्कीएर नेपालीको ढोका ढक्ढक्याउन पुगेकी रहिछ । एउटी नेपाली युवती पराई मुलुकमा पराई मुलुककै दर्जनौं युवाहरुसँग बन्द कोठामा बसेर घण्टौं समय विताएको देख्दा खिन्नता महशुस भयो । हामी मन नमिठो बनाई बसपार्कतिर लाग्यौं ।पर्सीपल्ट विहान ११ बजेतिर पश्चिम नेपाल वैतडीका दुईजना साथीहरु कानेखुसी गर्दै कोठाभित्र छिरें । म मोबाइलमा न्यूज पढ्दै थिए । पश्चिम नेपालका तीनजना साथीहरु विगत एक महिनादेखिसँगै कोठामा बस्दै आएका थिए ।

अस्ती आएकी नेपाली केटी आज बंगालीको कोठामा आइछे भन्दै हाँसोको फोहोरा निकालें । जिस्कीएर भने झै लाग्यो मलाई । केही युृवाहरु बाहिर निस्कीए उनलाई हेर्न । उनीहरु पनि कोठामा छिरेर उनको बारेमा खासखुस कुरा गर्न थालें ।

अझै विस्वास लागेन म ओच्छ्यानबाट उठेर बाहिर निस्कीएँ । त्यति बेला सम्म उनी बंगालीको कोठा भित्र छिरि सकेकी रहेछिन् । कोठाको बाहिर बसेर हामीले त्यहाँको दृश्य हेरिरह्यौं । कोठामा पालैपालो दर्जनौं बंगालीहरु प्रवेश गरें । झण्डै आधाघण्टा पछि म कोठाभित्र छिरें ।

उनीहरुको चर्तीकला देखेर वाक्क भए । बैतडीका साथीहरु बाहिरै थिए । मलाई ति युवती नेपाली हो या होइन भन्नेमा शंका थियो । म कोठामा छिरें । कोठामा छिरेर फेसबुक म्यासेन्जरमा भएका साथीहरु सँग गफिन थालें।

पछि वैतडीका एकजना साथी कोठाभित्र आयो । बंगालीको कोठाबाट निस्कीएर पाकिस्तानीको कोठामा प्रवेश गरिन रे । यस्तै यस्तै सुनाउँदै थियो । मैले खासै वास्ता गरिन् । म्यासेन्जरमा गफ गर्दा गर्दै निदाएछु ।

अपरान्ह ५ बजे तिर बाहिर निकै चर्का चर्की स्वरले आवाज आएका कारण निन्द्रा खुल्यो । कोठामा म एक्लै रहेछु । के भएको रहेछ झ्याल खोलेर बाहिर हेरें । अरु सबै कोठाबाहिर रहेछन् । हाम्रा नेपाली साथीहरुलाई पाकिस्तानीहरुले धकेलधुकुल गरिरहेको दृश्य देखेंँ ।

म पनि हतार हतारमा बाहिरिँए । त्यति बेला सम्म वरिपरिका सबैजसो बाहिर निस्कीसकेका रहेछन् । मान्छेहरु घरको भ्यालढोका खोलेर घरका माथिबाट समेत त्यहाँको दृश्य हेरिरका थिएँ । अघि बंगाली र पाकिस्तानीको कोठामा बस्ने युवती नेपालीमै बाहिर बसिरहेका नेपाली साथीहरुलाई गालि गर्दै थिइन ।

पाकिस्तानी उनको बचावटमा नेपालीहरु प्रति जाई लाग्दै धम्की दिइरहेका थिए । मैले बाहिर बसेका नेपालीहरुलाई कोठाभित्र लैजान प्रयास गरें । ति युवतीले भन्दै थिइन – ‘ म जे सुकै गरौं – तिम्रो बाको के खाई दिएको छु र ? बंगालीहरु खासै बोलेनन् ।

तर पाकिस्तानीहरु भने ति युवतीको बारेमा नराम्रो बोले नराम्रो हुने चेतावनी दिँदै थिए । झगडाले उग्ररुप लिन्छ जस्तो लाग्यो हामी सामान्य भयौं र कोठा भित्र प्रवेश गर्यो । झगडाको कारण हामी कोठामा प्रवेश गरेपछि मात्रै थाह भयो ।

बाहिर निस्कीन लागेकी युवतीलाई नेपाली भएर यस्तो गर्न नहुने बैनि भन्दा उनी नेपालीमाथी जाइ लागेकी थिइन् । पाकिस्तानीहरुलाई बोलाएर यिनीहरुले मलाई रण्डी भनेर मलाई गिराउने प्रयास गरेको आरोप लगाएपछि नेपालीहरु प्रति पाकिस्तानीहरु जाई लागेका थिए ।

युएइ पुगेको सातौं दिन मैले यो दृश्य सँग सामना गर्नुपर्यो । झण्डै एक महिना युएइको बसाईमा ति युवती जस्तै अन्य कयौं व्यवसायिक रुपमा यौन धन्दा गर्ने नेपाली युवतिहरु देखें ।

केही नेपाली युवतीहरु पार्ट टाइमको रुपमा यौन पेशालाई अंगाल्ने गरेका रहेछन् । तर त्यो भन्दा कयौं धेरै महिलाहरु १२ घण्टा मजदुरी गरेर पनि सामाजिक संघ संस्थामा सक्रिय रहेको देखें । नेपालमा बस्नेहरुलाई दुख्दा युएइको राफिलो घाममुनि बालुवाको ढिस्कोमा बसेर मजदुरी गरिरहेका दिदी बहिनीलाई पनि दुख्दो रहेछ । खास गरि राष्ट्रियता माथी धेरै चिन्ता र

चासो जनाउँदा रहेछन् ।झापाकी सकुन्तला थापाका अनुसार नेपालीहरुले पाएको पीडामा युएइमा बस्ने नेपालीहरुले धेरै सहयोग गर्दै आएका छन् । उद्धार देखि राहत संकलन सम्ममा महिलाहरु अगाडी छन् ।कुनै नेपाली अस्पतालका शैयामा पैसाकै अभावमा मृत्युसँग संघर्ष गर्दै गरेको समाचार प्राप्त भए लगतै सक्रिय संघ संस्था मार्फत सहयोग संकलन गरेर पठाउने गरिएको छ । थापा विगत ८ वर्षदेखि युएइको आजमान शहरमै बस्दै आएकी छिन् ।नमस्ते नेपाल डट कम बाट

तपाईको प्रतिक्रिया

Loading…