Loading…

भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।

Loading…

प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गर्नुभएको हो ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो । “खेलकुद संरचना निर्माण गरी खेल गतिविधि अगाडी बढाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading…