Loading…

१३ मंसिर,काठमाडौ। पूजा सुनुवार नेपाली सांगीतिक बजारमा पछिल्लो समय निकै छाएको नाम हो। ‘नजर’ नामक एकल एल्बम संगै उदाएकी गायिका पूजाको एकपछि अर्को उत्कृष्ट गीतहरु अहिले हामी सुन्न सक्छौं। “सेल्फी हानौला” को सिक्वेल भर्सन “ट्युसन पढाउँछु” बाट मनग्य चर्चा बटुल्न सफल उनले “काठमाडौ शहर” गीत बाट त उत्कृष्ट आधुनिक गायिकाको विधामा ओएस नेपाल म्युजिक अवार्डनै हत्याउन सफल भइन् ।

Loading…

उनै गायिका पूजाले अहिले फेरि आफ्नो दर्शक र स्रोताहरुलाई फरक सरपराईज दिएकिछीन्। उनले आफ्नो समुदाय र मुलधार भन्दा फरक गएर नेवारी भाषाको गीत गाउदै चमत्कार गरेकी हुन्। एउटा व्यावसायिक गायिका भएपछि सवै प्रकारका गीतहरु गाउन सक्नु पर्दछ भन्ने मान्यता राख्ने गायिका सुनुवारले नेपालभाषाका चर्चित गायक तथा नायक किशोर शाहीसंग गाएको रोमान्टिक गीत “तिमिला या जः थ्व नुगलय” बोलको गीतको म्युजिक भिडियो अहिले बजारमा आएको छ।

हेटौडाको कुलेखानी लगायतका रमणीय स्थानहरुमा छायाँकन गरिएको उक्त गीतको भिडियोमा किशोर शाही तथा रोजिना सुवालको रोमान्चक अभिनय देख्न पाइन्छ। सो म्युजिक भिडियोलाई नेपालभाषाका प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक सुरेश खड्गीले निर्देशन गरेकाछन्।

सोलो एल्बम प्रकाशन नगर्दै पनि देउडा, कुमाउनी एवं थारु लगायतका भाषाभाषीका विभिन्न कलेक्सन एल्बम र चलचित्रहरुमा गितहरु गाएर निकै प्रशंसा बटुलि सकेकी पूजा सुनुवारले नेपालभाषाको यो गीतमा पनि राम्रो प्रतिक्रिया पाईरहेको बताउँछिन्। उनले अगाडि थपिन् – यो नेपालभाषाको नम्बरले आफुलाई आम दर्शक/स्रोता र नेवारी समुदाय माझ छुट्टै परिचय दिलाउने अपेक्षा लिएकी छु।

तपाईको प्रतिक्रिया

Loading…