सल्लेरी, सोलुखुम्बु,  एक विदेशीको लडेर मृत्यु भएको छ ।

अमाडब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर ५९ वर्षीय कोरियाली न्यान हुन्लीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बले जनाएको छ । हिमाल आरोहण गरेर फर्कने क्रममा करिब छ हजार ६०० मिको उचाइ पुग्दा लडेर उनको मृत्यु भएको आज प्रहरीले पुष्टि गरेको छ ।

यही कात्तिक ३ गते हाइट हिमाल ट्रेक कम्पनी काठमाडौँमार्फत उनीसहित सात टोली काठमाडौँबाट सोलुखुम्बु आएको थियो । उनको शव आजै फिस्टेल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई कानूनी प्रक्रिया पूरा गरी काठमाडाँैको शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

–रासस

तपाईको प्रतिक्रिया