Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाइपलाइनबाट घर–घरमा ग्यास पुर्‍याउने सरकारी योजनाबारे अध्ययन गर्न आयल निगमको टोली आज जापान गएको छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराई, प्रबन्धकद्वय रविन शर्मा र विजय सत्याल एक साता लामो जापान भ्रमणका लागि त्यसतर्फ जानु भएको हो ।

नेपाली टोलीले भूमिगत ग्यास भण्डारणबारे पनि अध्ययन गर्ने आयल निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो । टोलीले पाईपबाट घरघरमा ग्यास पुर्‍याउने जापानी प्रविधिबारे अध्ययन गर्दै नेपालमा त्यसको सम्भाब्यताबारे जानकारी लिने पोखरेलले बताउनुभयो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाइनबाट घर–घरमा ग्यास पुर्‍याउने घोषणा गरेसँगै जापानका प्रतिनिधिले नेपालमा सोबारे छलफल गरेका थिए । टोलीले जापानमा रहेको भूमिगत एलपी ग्यास भण्डारण प्रविधिबारे समेत जापानी अधिकारीसँग जानकारी लिने छ ।

तपाईको प्रतिक्रिया