Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओखलढुंगा – ओखलढुंगाको एक मात्र नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नेपाली काँग्रेसका डील्ली खनाललाई १२६ मत अन्तरले हराउँदै एमालेका मोहनकुमार श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ४ हजार ७ सय ३९ मत ल्याएका छन् । उनका निकतम् प्रतिद्धन्दी खनालले ४ हजार ६ सय १६ मत ल्याए ।

उपमेयर पनि एमालेकै इच्छाकुमारी गुरुङ विजयी भएकी छिन् । उनले ४ हजार ८ सय ३६ मत ल्याएकी छिन् । कांग्रेसकी हेमालक्षी राईले ४ हजार ४ सय ५७ मत ल्याइन् ।

 

तपाईको प्रतिक्रिया