Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं : आइतबारदेखि दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरूमा सबै शिक्षण संस्था बन्द भएका छन्। प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेजलगायतका सबै शैक्षिक संस्थाहरु बन्द गरिएको हो। निर्वाचन आयोगको आग्रह अनुसार सरकारले चार दिनसम्म पठनपाठन बन्द गराएको हो। मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएका छन्।

यसैबीच मतदानको दिन असार १४ गते भने सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा हुनेछ ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ।

तपाईको प्रतिक्रिया