Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 कृष्ण सुनुवार

काठमाडौ। अष्ट्रेलियाको मेलवर्नमा आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्दी ब्राजिललाई हराएको छ । अर्जेन्टिनाले पहिलो हाफको अन्तिम मिनेटमा उसको डिफेन्डर मेर्काडोले गरेको गोलको मद्दतमा ब्राजिललाई १-० ले हरायो।

पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा गोल फर्काउने केहि मौका पाए पनि सो मौकालाई सदुपयोग गर्न भने सकेन । प्रशिक्षकका रुपमा स्पेनिस क्लब सेभिल्ला छोडेर अर्जेन्टिनाको राष्ट्रिय टिम सम्हाल्न पुगेका साप्पोलीलाई पहिलो खेलमा नै गतिलो सफलता मिलेको छ । प्रशिकको रुपमा उनको लागि यो पहिलो खेल थियो।

विश्वकप छनोटको क्रममा पछिल्लो खेलमा बोलिभियासँग २–० ले पराजित भएपछि अर्जेन्टिनाले तात्कालिन प्रशिक्षक इडगार्डो बउजालाई तीन महिनाअघि हटाएको थियो । आफूले अर्जेन्टिनाको नेतृत्व सम्हालेपछि साप्पोली टिममा धेरै परिवर्तन गरेका छन्।

अर्जेन्टिनाले सर्जियो एगुएरोलाई टिममा स्थान नदिएको खेलमा लियोनेल मेसी, ड्याबला र गोञ्जालो हिगुईनलाई अग्रपंक्तिमा उतारेको थियो भने ब्रजिलले नेयमारलाई आराम दिएको खेलमा आक्रमणको जिम्मा ग्रबियल जिसस,पाउल्हिनो र कौटिन्हो जस्ता भरपर्दा स्टारहरुलाई सुम्पिएको थियो।

झण्डै ९६ हजार दर्शकले उत्साह पुर्वक प्रत्येक्ष हेरोको यी विश्व फूटबलका दुई महारथी बिचको खेल निकै रोमान्चक भएको थियो।

तपाईको प्रतिक्रिया