Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कृष्ण सुनुवार,काठमाडौं।

भारत बिरुद्धको मैत्रीपूर्ण खेलका लागि २० सदस्यीय नेपाली फूटबल टोलीको घोषणा भएको छ । एएफसी एसियन कप २०१९ को छनौट खेलको पुर्वसन्ध्यामा अभ्यास स्वरुप दुई मुलुकबिच पर्सि २१ गते आइतबार मैत्रीपूर्ण खेल हुन लागेको हो । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्योतोकी कोजीले यस अघिको फिलिपिन्ससँग खेलेको टोलीमा सामान्य परिवर्तन गरेका छन् ।

विक्रम लामा र रंजित धिमाल यसपटक टिममा अटाएनन् भने हेमन्त थापा र बिमल बस्नेतले स्थान बनाउन सफल रहे। नेपाली टोलिको लागि यो पटक गोलरक्षकहरुमा किरण लिम्बु,विशाल श्रेष्ठ र विकेश कुथु छन् भने अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, विराज महर्जन,देवेन्द्र तामाङ र जितेन्द्र कार्की डिफेन्डरमा छानिए। फरवार्डको जिम्मा भने प्राय सधैंझैं यो पटक पनि बिमल घर्ति मगर, नवयुग श्रेष्ठ र भरत खवासलाई दिईएको छ।यस्तै, मिडफिल्ड पनि सधैंझैं विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, रोहित चन्द र सुजल श्रेष्ठले सम्हाल्नेछन ।

फिफा बरियतामा १००औं स्थानको टिम भारत सङ्गको यो खेल भर्खरै ४ स्थान सुधार गर्दै सो बरियतामा १६९ औं स्थान सुरक्षीत गरेको युवाहरूले भरिएको नेपाली टोलिको लागि चुनौतीजन्य र महत्वपूर्ण ठानिएको छ ।

तपाईको प्रतिक्रिया