Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ ।
डडेल्धुरामा शनिबार भएको चुनावमा २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका हुन् भने अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगर ५ जना सदस्यहरु भने निर्विरोध चयन भएको थियो ।

जिल्ला तथा नगर उपाध्यक्षमा कृष्णप्रसाद पाठक र डम्बरबहादुर भण्डारीले समान ५र५ मत पाएपछि गोला प्रथाबाट पाठक विजयी भएका छन् । त्यस्तै एसोसियट तर्फको उपाध्यक्षमा युवा व्यवसायी हरिशंकर ठाकुर विजयी भएका छन् । उनले अनिल कुमार भोजानियालाई २ मतले पराजित गरे । ठाकुरले २७ र भोजानियाले २५ मत प्राप्त गरेका थिए ।त्यस्तै एसोसियट तर्फ सदस्यका लागि भएको निर्वाचनमा जनकराज जोशी वियजी भएका छन् । उनले बम बहादुर शाहलाई ३ मत अन्तरले पराजित गरे । जोशीले २८ र शाहले २५ मत प्राप्त गरेका थिए ।तदर्थ समितिका प्रदेश नम्बर ७ का संयोजक नरबहादुर चन्दको प्रमुख आतिथ्यमा भएको निर्वाचनमा अधिवक्ता विष्णु भट्टले निर्वाचन प्रमुखको जिम्मेवारी सम्हालेका थिए । विजयी पदाधिकारीहरुलाई हिजै पद तथा गोपनियताको सफल ग्रहण गराइएको थियो ।

तपाईको प्रतिक्रिया